अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको सिनेमा क्याप्टेनको प्रदर्शन मिति फागूण १७ गतेलाई तोकेर यसको प्रचार सुरु गरिएको छ । तर, अब यो मितिमा अर्को सिनेमा पनि आउने भएको छ । यो मितिमा अभिनेता आशिरमान देशराज जोशीको मुख्य भूमिका रहेको सिनेमा दि ब्रेकअप रिलिज हुने भएको हो ।

यो सिनेमा पौष २७ गतेबाट रिलिज गर्ने तयारी गरिएको थियो । तर, सिनेमाको काम नसकिएको भन्दै निर्देशक तथा निर्माता हेमराज वीसीले फागूण १७ गतेलाई यो सिनेमाको प्रदर्शन मिति सारेका हुन् । आशिरमान देशराज जोशी, शिल्पा मास्के, रेमनदास श्रेष्ठ, इच्छा कार्की फिल्मको मुख्य भूमिकामा छन् ।

यो मितिमा २ वटा सिनेमा आउँदा दुबैलाई फाइदा हुने वुझाई निर्देशक बीसीको छ ।

For More videos Log on to Mazzako TV