फिल्म जात्रै जात्राको छायांकन नै रोकिएपछि यो फिल्म तोकिएको मितिमा नआउने भएको छ । फागुण १७ गतेलाई मिति तोकेर यो फिल्म छायांकनमा गएको हो । तर, यो सिनेमाका मुख्य कलाकार विपिन कार्की घाइते भएपछि यसको छायांकन प्रभावित भएको छ ।

यहीकारणले तोकिएको मितिमा सिनेमा रिलिज हुन नसकेको हो । सिनेमाका निर्देशक प्रदिप भट्टराइले छायांकन प्रभावित भएकाले फागूण १७ गते फिल्म रिलिज नहुने बताएका छन् । जात्राको सिक्वेलको रुपमा बन्न लागेको यो फिल्ममा विपिन कार्की, बर्षा राउत, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा मुख्य कलाकारको रुपमा छन् ।

अभिनेता कार्की अहिले आराम गरिरहेका छन् । मोटरसाइकल दुर्घटनामा पर्दा उनको खुट्टा भाच्चिएको छ ।

For More videos Log on to Mazzako TV