नायिका स्वस्तिमा खड्का अभिनित फिल्म ‘बुलबुल’ को टिजर सार्वजनिक भएको छ । स्वस्तिमाले टेम्पो ड्राईभरको भुमिकामा निर्वाहा गरेको यो फिल्मको टिजर निकै मज्जाको बनेको छ ।  उनको अपोजितमा नव नायक मुकुन भुषाल रहेका छन् ।

विनोद पोडेल निर्देशित फिल्म आगामी फागुन ३ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । अविरल थापाले फिल्म निर्माण गरेका हुन् । ‘बुलबुल’ का कार्यकारी निर्माता रामराजा दाहाल हुन् भने छायांकन सुसन प्रजापतिले गरेका छन् ।

फिल्ममा स्वस्तिमा मुकुनसंगै बुद्धि तामाङ्ग ,दिपक क्षेत्री ,लक्ष्मी बर्देवा, एलिना कार्की ,जोयश पाण्डे,उज्जल अधिकारी, सृष्टि भट्टराई आदिको अभिनय रहेको छ । फिल्मको संगीत कोशिस क्षेत्री र उदगम परियारले दिएका छन् भने स्वर निश्चल बस्नेत र रजिना रिमालको रहेको छ ।

For More videos Log on to Mazzako TV