सारालाई चिनिन हतारो
आजबाट फिल्म सुश्री सम्पत्ती रिलिज भएको छ । यो सिनेमाको मुख्य भूमिकामा अभिनेत्री सारा सिर्पालीले काम गरेकी छिन् । सारा, उनै अभिनेत्री हुन् जसले फिल्म रुद्रबाट डेब्यू गरेकी थिइन् । तर, यो सिनेमाबाट डेब्यू गरेकोमा उनी खुशी छैनन् ।

किनकी, यो सिनेमाबाट एउटा परिचय बनाएको भए सारालाई अहिले राम्रो ब्यानरका फिल्मको ओइरो नै लाग्थ्यो । तर, त्यस्तो हुन सकेन । सारा सिर्पालीलाई दर्शकमाझ चिनिने रहर छ । उनलाई आजबाट रिलिज भएको सिनेमा सुश्री सम्पत्तीले चिनाउनेमा आशा त छ । यो सिनेमालाई सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् ।
कमेडी कथाको यो सिनेमामा सारा एक धनाढ्य बाबुको छोरीको भूमिकामा छिन् । साराको साथमा सलोन बस्नेत र विनोद न्यौपाने फिल्मका मुख्य कलाकार हुन् । सारालाई चिनिन हतारो छ । सुश्री सम्पत्तीले के उनलाई चिनाउला त ?








