बर्षा र संजोगको बिहे कहिले ?
अभिनेत्री बर्षा राउतले आज आफ्नो जन्मदिन मनाउँदै गर्दा उनको बिहेको चर्चा खुबै भयो । बर्षा राउत र अभिनेता संजोग कोइराला प्रेममा छन् । रमाइलो गर्दै कलाकार राजाराम पौडेलले बर्षा आजबाट ३० बर्षमा प्रवेश गरेकाले अर्को बर्ष न्वारन खान पाइयोस् भनेर कामना गरे ।

यस बिषयमा संचारकर्मीको प्रश्नमा बर्षाले आफू अहिले २५ बर्ष मात्र पुगेको बताइन् । उनले भनिन्–‘म २५ बर्षको मात्र भएँ । यसैले राजाराम दाइले भने जस्तै मेरो बिहे खान ३० बर्ष बाँकी छ । किनकी, उहाँले ३० बर्षमा खाने भन्नुभएको छ ।’ अभिनेत्री राउतले आफूलाई दर्शकले दिएको मायाका कारण आफू यो स्थानमा रहेको सुनाइन् ।

फिल्म दाल भात तरकारीको सेटमा उनको जन्मदिन सेलिव्रेशन गरिएको थियो । सिनेमाका कलाकार तथा निर्माता हरिवंश आचार्य, किरण केसी, कलाकार निरुता सिंह, अभिनेत्री आँचल शर्मा, कलाकार राजाराम पौडेल लगायतले उनलाई शुभकामना दिएका थिए ।









