अनमोलको ‘रहर छ संगै’ गीत टेण्डिङको शिर्ष स्थानमा
अभिनेता अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’ को ‘रहर छ संगै’ बोलको गीत टेण्डिङ नम्बर एकमा आएको छ । युट्युबमा रिलिज भएको १० घण्टा नबित्दै टेण्डिङ नम्बर एकमा आएका हो । गायक सुगम पोखरेल र गायिका अन्जु पन्तको स्वरमा रहेको छ । गीतमा अर्जुन पोखरेलले सङ्गीत रहेको छ । गीतमा डीगराज धौरालीको शब्द रचना रहेको छ ।

अनमोलको साथमा नव नायिका उपासना सिहं ठकुरी प्रस्तुत छन् । निकैनै लोभ लाग्दो दृश्यलाई कैद गरिएको गीतमा अनमोल र उपासनाको जोडी निकै मज्जाले जमेको छ । भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।
फुटबल खेलाडीकोे कथामा बनेको फिल्म क्याप्टेनलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । अनमोलको होम प्रोडक्सनबाट निर्माण भएको फिल्ममा अभिनेता भूवन केसी निर्माताको रुपमा रहेका छन् भने जिया केसी यसकी कार्यकारी निर्मात्री हुन् ।
फागुन १७ बाट प्रदर्शनमा आउन लागेको चलचित्रबाट दुई नव नायिका उपासाना सिहं ठकुरी र प्रियंका एमभीले सिने नगरीमा प्रवेश गर्दैछन् । यस फिलमा यी तिनसंगै बाहेक प्रशान्त ताम्राकार, सरोज खनाल, सुनिल थापा, विल्सन बिक्रम राई, राजाराम पौडेल लगायतका कलाकारको अभिनय रहेको छ ।








