अभिनेता भूवन केसी र निर्माता तथा कलाकार दीपकराज गिरी फिल्म सुश्री सम्पत्ती हेर्न पुगे । उनीहरुले एकसाथ फिल्म हेरेर बाहिर निस्कदै गर्दा फिल्म राम्रो रहेको प्रतिक्रिया त दिए तर त्यो भन्दा पनि आफूहरुले एकसाथ काम गर्न सक्ने संभावनाको बिषयमा कुरा गरे ।

अभिनेता भूवन केसी र निर्माता दीपकराज गिरीले सहकार्य गरेर एकसाथ सिनेमा बनाउने कुरा चलेको केही समय भयो । उनीहरुले एकसाथ सिनेमा बनाएको खण्डमा त्यसले बक्स अफिसमा तहल्का मच्चाउने कुरामा त दुइमत रहेन । तर, यो संभव होला त ? छक्का पन्जा टिमकी क्याप्टेन दिपाश्री निरौला आफू अभिनेता अनमोल केसी र निर्माता तथा कलाकार दिपकराज गिरीलाई एउटै फ्रेममा राखेर काम गरेको हेर्न आतुर रहेको बताउँछिन् ।

अभिनेता भूवन केसी पनि यो कुरा असंभव नरहेको बताउँछन् । उनले एउटै क्षेत्रमा बसेपछि नेपाली फिल्मलाई प्रमोट हुने गरि काम गर्नुपर्ने बताए । कलाकरा दिपकराज गिरीले पनि अनमोल, आफू र आफ्नो टिम सहकार्य गर्न आतुर रहेको खुलाए । यसैले पनि यो टिम एकसाथ आउने संभावना बढेर गएको छ ।

For More videos Log on to Mazzako TV