नव अभिनेत्री प्रियंका एमभी अभिनेता अनमोल केसीलाई खुबै मन पराउँछिन् । अनमोल केसी उनलाई ह्यान्डसम लाग्छ । प्रियंकाले फिल्म क्याप्टेनको गीत रिलिज कार्यक्रममा अनमोलको तारिफ गरिन् । अनमोल केसी उनलाई हलिउडका चर्चित अभिनेता टम क्रुज जस्तो लाग्छ ।

अनमोलको लुक्सले उनलाई यो फिल दिएको हो । अनमोललाई टम क्रुज भनेकी प्रियंकालाई कार्यक्रम संचालक नरेश भट्टराइले के तपाई टम क्रुजसँग डेट जान चाहनुहुन्छ भनेर सोधेका थिए । जसको जवाफमा प्रियंकाले टम क्रुजले समय नदिएको बताइन् ।

फिल्म क्याप्टेनमा प्रियंकाको भूमिका के हो खुलाइएको छैन । तर, उनी अभिनेता अनमोल केसीसँग भने डेट जाने इच्छा व्यक्त गर्दैछिन् ।

For More videos Log on to Mazzako TV