अनमोलको प्रेम कतिसँग ?
अभिनेता अनमोल केसी र अभिनेत्री सारा सिर्पालीको प्रेम छ भनेर खबर आउन थालेको केहि हप्ता भयो । यो हप्तामा उनीहरुले स्पष्टिकरण पनि दिइरहेका छन् । तर, अभिनेता अनमोल केसीले औपचारिक कार्यक्रममा नै पहिलो पटक यो कुराको स्पष्टिकरण दिएका छन् ।

अभिनेता केसीले आफ्नो प्रेम कति जनासँग पर्ने रहेछ भनेर अचम्म माने । उनले सारा आफ्नो साथी भएको र उनीसँग भेट भएको बताए । तर, प्रेम नै भएको कुरालाई भने उनले नकारे । अभिनेता केसीले आफ्नो कति जनासँग लभ पर्छ भनेर जवाफ दिदै गर्दा पत्रकारले उनलाई हावा नचली पात हल्लिन्छ र भनेर प्रश्न सोधे ।

जसमा अनमोलले लामो हाँसो हाँसे र यहाँ रुख के के ले हल्लाइन्छ हल्लाइन्छ भन्दै जवाफ दिएका छन् । अभिनेत्री साराले पनि अनमोलसँग आफ्नो प्रेम नरहेको स्पष्ट पारिसकेकी छिन् ।








