अभिनेता अनमोल केसी अभिनीत फिल्म ‘क्याप्टेन’ को पहिलो गीत सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गायक सुगम पोखरेल र गायिका अन्जु पन्तको स्वरमा रहेको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा अर्जुन पोखरेलले सङ्गीत रहेको ‘रहर छ संगै’ बालेको गीत निकै मज्जाको बनेको छ । गीतमा डीगराज धौरालीको शब्द रचना रहेको छ ।

गीतलाई सैलेन्द्र एम प्रधानले सङ्गीत संयोजन गरेका छन् । गीतमा अनमोलको साथमा नव नायिका उपासना सिहं ठकुरी पस्तुत छन् । निकैनै लोभ लाग्दो दृश्यलाई कैद गरिएको गीतमा अनमोल र उपासनाको जोडी निकै मज्जाले जमेको छ । भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।

फुटबल खेलाडीकोे कथामा बनेको फिल्म क्याप्टेनलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । अनमोलको होम प्रोडक्सनबाट निर्माण भएको फिल्ममा अभिनेता भूवन केसी निर्माताको रुपमा रहेका छन् भने जिया केसी यसकी कार्यकारी निर्मात्री हुन् ।

फागुन १७ बाट प्रदर्शनमा आउन लागेको चलचित्रबाट दुई नव नायिका उपासाना सिहं ठकुरी र प्रियंका एमभीले सिने नगरीमा प्रवेश गर्दैछन् । यस फिलमा यी तिनसंगै बाहेक प्रशान्त ताम्राकार, सरोज खनाल, सुनिल थापा, विल्सन बिक्रम राई, राजाराम पौडेल लगायतका कलाकारको अभिनय रहेको छ ।

For More videos Log on to Mazzako TV