अभिनेता पुष्पल खड्का म्यूजिक भिडियो खेल्दा खेल्दै फिल्ममा आएका हुन् । अझै पनि सहायक अभिनेताको रुपमा आएपनि उनलाई दर्पण छाया सिनेमाबाट दर्शकले लिड रुपमा पाएका थिए । तर, यो सिनेमा सुपर फ्लप भयो । यसपछि भने उनले मंगलम सिनेमामा काम गरे ।

यो सिनेमामा काम गर्दा उनको कामको चौतफी तारिफ भयो । यही भएर पनि उनलाई ठूलो ब्यानरको रुपमा चिनिएको मह संचारको दाल भात तरकारीमा अफर आयो । अहिले उनी यो सिनेमामा काम गरिरहेका छन् । यो सिनेमामा काम गर्दा गर्दै उनले मारुनी सिनेमामा पनि काम गर्दैछन् । यो सिनेमामा काम गर्न लागेको पुष्पलमा अब स्टारडम पनि बढेको महशुश हुन थालेको छ ।

यो सिनेमामा पुष्पलको जोडीको रुपमा साम्राज्ञी राज्यलक्ष्मी शाह छिन् । ब्यानर र निर्देशकको हिसाबले पनि यो फिल्म सशक्त छ । यही कारणले पनि पुष्पलको माग अहिले सिनेमामा बढेको चर्चा हुन थालेको छ । तर, पुष्पल आफैले सिंगै सिनेमा बोक्ने अभिभारा भने पाएका छैनन् ।

For More videos Log on to Mazzako TV