अभिनेत्री बर्षा राउत सिनेमामा सफ्ट नै बन्न चाहन्छिन् । उनलाई सिनेमामा खुलेको पहिरन लगाउन अप्ठ्यारो पनि लाग्छ । तर, पौष २७ गतेबाट रिलिज हुने फिल्म चौका दाउमा भने बर्षा संभवत पहिलो पटक हट बनेकी छिन् ।

चार उमेर ढल्केका पुरुषसँगको प्रेममा फसेकी बर्षाले आफूलाई यति हट अवतारमा देखाएकी होलिन् । ४ पुरुषलाई फसाएर मोजमस्तीमा रमाउने यूवतीको भूमिकामा उनी देखिएकी छिन् । बर्षा राउत यो सिनेमामा सोलो हिरोइनको रुपमा छिन् । सोलो हिरोइन भएका कारण पनि उनले यो सिनेमामा काम गरेको हुनुपर्छ ।

पुर्नेन्दु झाले निर्देशन गरेको यो सिनेमामा सन्तोष पन्त, विल्सन विक्रम राई, तैयव शाह, रविन्द्र झा मुख्य भूमिकामा देखिएका छन् । सौर्यजित बास्कोटा र मनोजराज भण्डारीले मिलेर यो फिल्म बनाएका हुन् ।

For More videos Log on to Mazzako TV