विपिन कार्कीको अभिनित फिल्म ‘गोपी’ को पोस्टर सार्वजनिक भएको छ । बधबार सार्वजनिक चारवटा पोस्टर सबैमा विपिन प्रस्तुत छन् भने चारवटा मध्ये एउटा पोस्टरमा मात्र फिल्मका दुई अभिनेत्री वर्षा राउत र सुरक्षा पन्तलाई समावेश गरिएको छ ।


आरोही केसीको लगानीमा दीपेन्द्र लामाद्वारा निर्देशित ’गोपी’ मा विपिनले गाई पाल्ने किसानको भूमिका निर्वाह गरेको पोस्टरबाट थाहा हुन्छ । पोस्टरमा उनको पेशा झल्किने गरी गाई र दूधको क्यानलाई प्राथमिकता दिइएको छ । फिल्म आगामी माघ १८ मा रिलिज हुने तय भइसकेको छ ।

पोस्टरको डिजाइन टौवा क्रियसनका विजय बस्यालले गरेका हुन् । विपिनको सडक दुर्घटनाका कारण फिल्मको पोस्टर निर्धारित समयभन्दा पछाडि रिलिज गरिएको निर्देशक लामाले बताए । विपिनलाई यसै हप्ता गाईफार्ममा लगेर फोटो सुट गरिएपछि मात्र पोस्टर तयार पार्न सकिएको निर्देशक लामाले बताए ।

फिल्मको पटकथा सामिप्यराज तिमल्सिनाले लेखेका छन् । त्यस्तै कार्यकारी निर्माता श्रीधर पौडेल, छायाँकार शैलेन्द्र डि कार्की र सम्पादक निमेष श्रेष्ठ रहेका छन् । फिल्ममा विप्लव प्रतीक र बुद्धिसागरले लेखेका गीतलाई न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहले कम्पोज गरेका छन् । पाश्र्व संगीत रोहित शाक्यको सुन्न सकिन्छ ।


फिल्ममा प्रकाश घिमिरे, रमेश अधिकारी, अंकित खड्का, भोला सापकोटा, कमलमणि नेपाल, कुन्ती सिमाली, हिउँबाला गौतम, सरोज अर्याल, केशव राई लगायतले पनि अभिनय गरेका छन् ।

For More videos Log on to Mazzako TV