बल्ल गम्भिर बने सलिनमान
पहिलो सिनेमा ए मेरो हजुर ३ मा काम गर्दा अभिनेता सलिनमान बनियाँ खासै गम्भिर भएनन् । सलिनमानले सिनेमाको काम गर्दा गर्दै छोडौ भनेको कुरा अहिले पनि चर्चित छ । तर, दोश्रो सिनेमा यात्रामा काम गर्दा भने उनी गम्भिर देखिएका छन् ।

यो सिनेमाको हाल डबिङ चलिरहेको छ । चैत्र २९ गतेबाट यो सिनेमा चल्दैछ । यो सिनेमाको डबिङमा भेटिएका सलिनमाले आफूले यसपटक मिहिनेत गरेको बताए । अभिनयमा आफू गम्भिर पनि बनेको उनले बताएका छन् ।
मल्लिका महत्तसँग सलिनले यो सिनेमामा रोमान्स गरेका छन् । सलिनमानको लुक्स र फेसनको फिल्म वृत्तमा खुबै चर्चा हुन्छ । उनलाई लिएर सिनेमा खेल्नका लागि निर्माता लागिपरेका छन् । तर, सलिनमानलाई काम गराउन भने सजिलो छैन ।
For More videos Log on to Mazzako TV