डोलीले पायो पिजी सर्टिफिकेट
डोली फिल्मले सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट पाएको छ । शुक्रबार अर्थात् २८ मंसिरमा प्रदर्शन हुने फिल्मलाई राजबहादुर सानेले निर्देशन गरेका हुन् । पिटी सर्टिफिकेटका कारण डोली हेर्न १६ बर्ष भन्दा कम उमेरका दर्शकले अभिभावकको साथ लाग्नु पर्ने छ ।

किरण नेपालीको प्रस्तुति रहेको फिल्ममा किशोर खतिवडा, पृथ्वीराज प्रसाई, अर्जुन गुरुङ,सानीया खान,संगीता नापीत,नवीन रेग्मी, प्रशान्त भण्डारी,प्रिया रिजाल,सतिश खत्री, दामोदर खतिवडा, हिउवाला गौतललगायतका कलाकारले अभिनय गरेका छन् । जयराम थापाले खिचेको फिल्म रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भएको हो । तारा थापा किम्भेले सम्पादन गरेको फिल्म आरआर फिल्मस् र जिजिए ग्रुपले बितरण गर्दैछ । निर्देशक सानेकै लेखन रहेको फिल्मले समाजीक सन्देशका साथ भरपुर मनोरञ्जन दिने दावी निर्माण पक्षको छ । डोलीको अधिकांश दृश्य नुवाकोटमा खिचीएको हो ।