सलिनको ‘यात्रा’को डबिङ अन्तिम चरणमा
नायक सलिन मान बनिया यतिखेर फिल्म ‘यात्रा अ म्युजिकल भ्ल्ग’ को डबिङमा व्यस्त छन् । उनको दोस्रो फिल्म मार्फत आफ्नो स्टारडम झनै बढाउने गरि काम गरिरहेका सलिनको डबिङसँगै काम अन्तिम चरणमा पुगेको छ । उनि प्राय पब्लिक हुदैनन्, यसैले गर्दा पनि उनको गतिविधिमा फ्यानसँगै मिडियाकर्मीको पनि चासो हुने गर्छ ।

सलिन फिल्ममा भ्ल्गरको भूमिकामा छन् । फिल्ममा सलिनले गरेको डान्स र फाइटको चर्चा यतिबेला टिममा छ । उनले आफुलाई बेस्ट देखाउन मेहनत गरेको निर्देशक सम्राट शाक्यले बताए । निर्देशक सम्राटको यात्रा डेब्यु फिल्म हो । सलिनले डबिङकै क्रममा फिल्म पनि हेरिरहेका छन् । ‘रमाइलो भईरहेको छ’ सलिन भन्छन ‘दोस्रो फिल्ममा आइपुग्दा आफुलाई झनै परिपक्क बनाउदैछु ।’

फिल्ममा सलिनसँगै, सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, बिशाल पहाडी, प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतको अभिनय छ । यसैफिल्म मार्फत मल्लिका महतले डेब्यु गदैछिन् भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ ।

फिल्ममा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् । सम्राट शाक्यको कथा तथा निर्देशन रहने फिल्म कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भईरहेको छ । फिल्म चैत्र २९ गतेबाट अलनेपाल सार्वजनिक हुदैछ ।

केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरे सह – निर्माता रहेका छन् । फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । फिल्मलाई सम्राटसँगै सुरेश न्यौपाने, प्रतिक पौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् । फिल्ममा संजय लामाको छायांकन कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द, बनिश शाहको सम्पादन रहेको छ ।









