अभिनेता अनमोल केसी अभिनित फिल्म क्याप्टेनको पहिलो गीत बिहिबार सार्वजनिक हुँदैछ । रहर छ बोलको गीत सार्वजनिक हुनु अघि यो सिनेमाको पोष्टर सार्वजनिक भएको छ । सार्वजनिक भएको पोष्टरमा अभिनेता अनमोल केसी फुटबलरको भूमिकामा देखिएका छन् ।

दिवाकर भट्टराइको निर्देशनमा तयार भएको सिनेमालाई भूवन केसीले बनाएका हुन् । अभिनेता केसीको साथमा पोष्टरमा कलाकारद्धय प्रशान्त ताम्राकार र सुनिल थापालाई देख्न सकिन्छ । यो सिनेमामा अभिनेता केसीले अभिनेत्रीद्धय उपासना सिंह ठकुरी र प्रियंका एमभीसँग रोमान्स गरेका छन् ।

फागूण १७ गतेबाट यो सिनेमा रिलिज हुँदैछ । गाउँले जीवनदेखि संघर्ष गर्दै आएको एक फुटबलमा रुची भएको यूवाको कथामा यो सिनेमा बन्दैछ ।

For More videos Log on to Mazzako TV