अभिनेता प्रदिप खड्का अहिले निर्देशकतिर ध्यान दिइरहेका छन् । सिनेमाको कथावस्तु र क्याप्टेन राम्रो भएको खण्डमा सिनेमा राम्रो हुने भएकाले पनि उनी निर्देशकतिर ध्यान घुमाइरहेका छन् । उनी, लभ स्टोरी सिनेमा बनाउन सफल मानिएका निर्देशक हेमराज वीसीसँग काम गर्दैैछन् । अझ यसपटक त उनको जोडीको रुपमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह छिन् ।

प्रदिपले निर्देशक रामबाबु गुरुङको सिनेमामा पनि काम गर्दैछन् । रामबाबु नेपाली माटो सुहाउँदो सिनेमा बनाउन चिनिएका छन् । यो सिनेमाको नाम बेली रहने वुझिएको छ । प्रदिप रामबाबुको सिनेमाको कथा फाइनल भएपछि आफूले फिल्ममा संझौता गर्ने बताउँदै आएका छन् ।


प्रदिपले प्रेमगीत ३ मा पनि काम गर्दैछन् । यो सिनेमा त उनका लागि ब्रान्ड नै हो । यसपटक यो सिनेमालाई छेतन गुरुङले निर्देशन गर्दैछन् । छेतनले नै यो सिनेमाको कथा लेखिरहेका छन् । सिनेमामा अब उनी निर्देशक रोज्नतिर लागेको देखिएको छ

For More videos Log on to Mazzako TV