अभिनेता दयाहाङ राइलाई अभिनयको राजा मानिन्छ । अभिनयकै कारणले गर्दा पनि दयालाई दर्शकले रुचाएका हुन् । लुट सिनेमामा उनले गरेको अभिनयका कारण उनलाई दर्शकले रुचाएका थिए । यसपछि दयाले नेपाली फिल्ममा लामै समय राज गरेका थिए ।दयालाई सबै कुरा आएतापनि नृत्य गर्न भने गाह्रो लाग्छ । सिनेमामा नृत्य गर्नु पर्यो भने दयाको शरीरबाट पसिना आउँछ ।


तर, पनि दयाहाङ अहिले सिनेमामा नृत्य गरिरहेका छन् । साइँली सिनेमाको गीत रिलिज कार्यक्रममा दयाले आफूलाई नाच्न भनेपछि खुबै नै अप्ठ्यारो लाग्ने बताए । तर, दयाले अप्ठ्यारो लागेपनि लगालग सिनेमाको गीतमा नाचिरहेका छन् । दयाको अहिले क्रेज खस्किएको बताइन्छ । यसैले उनले आएको काम नछाडेको हुन् कि ?

For More videos Log on to Mazzako TV