पुष्पल र साम्राज्ञीको ‘मारुनी’
निर्मात्री पुनम गौतमले निर्माण गर्न लागेको फिल्मको नाम सार्वजनिक भएको छ । यो सिनेमाको नाम लुकाएर कलाकारको मात्र घोषणा गरिएको थियो । सिनेमामा पुष्पल खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, रेविका गुरुङ मुख्य भूमिकामा देखिदैछन् । सिनेमाको घोषणा मंगलबार हुँदैछ ।

तर, सिनेमाको घोषणा अगाडि नै यसको नाम बाहिर आएको छ । यो सिनेमाको नाम मारुनी रहनेछ । मारुनी नाम राखेर पूनमले नवल नेपाललाई निर्देशनको जिम्मा दिएकी छिन् । सिनेमाको कथावस्तु साम्राज्ञीको वरिपरी घुम्नेछ । मारुनी सिनेमाको कथावस्तु मनपरेर आफूले काम गर्न लागेको साम्राज्ञीले बताउँदै आएकी छिन् । पूनमले फिल्म अझै पनिबाट फिल्म निर्माणमा हात हालेकी थिइन् ।
For More videos Log on to Mazzako TV







