कृ अभिनेत्री अदिती वुढाथोकीले यसपछि नेपाली फिल्म खेलेकी छैनन् । उनलाई निर्माताले अफर पनि गरेको सुनिएको छैन । हुनत, उनी मुम्बइमा बस्ने भएकाले पनि हुनसक्छ उनलाई अफर गर्न निर्मातलाई अप्ठ्यारो भएको छ । उनै अभिनेत्री इन्स्टाग्राममा भने आफ्ना फ्यानसँग बढी साक्षात्कार गर्छिन् ।

उनलाई अहिले धेरै फ्यानले एउटा प्रश्न सोधेर हैरान बनाउँछन् । अदितीले राख्ने तस्बिरमा उनको कालो लामो कपाल पनि देखिन्छ । धेरै दर्शकले उनलाई उनको कपाल सक्कली हो कि नक्कली भनेर सोध्ने गरेका छन् । अदितीले दर्शकको प्रश्नको जवाफ दिएकी छिन् । उनले आफ्नो कपाल प्राकृतिक भएको भन्दै नझुक्किन दर्शकलाई आग्रह पनि गरेकी छिन् ।

कपालले नै दर्शकलाई मोहित बनाएकी अदितीलाई फ्यानले कपालको बिषयमा सोधेपछि उनले यसको जवाफ दिएकी हुन् । अदिती नेपाली फिल्म खेल्ने त बताउँछिन् । तर, अहिलेसम्म उनले भनेजस्तो प्रोजेक्ट नपाएको बताएकी छिन् ।

For More videos Log on to Mazzako TV