रोमान्टिक आयुष्मान र प्रियंका फिल्मको कुरा नगरौ
अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीलाई रोमान्टिक हुनका लागि फिल्म नै चाहिदैन । उनीहरु सबैलाई देखाउनेगरि रियल लाइफमा पनि रोमान्टिक भैदिन्छन् । तर, रोमान्टिक भएको कतिसम्म सार्वजनिक गर्ने भन्ने कुरा उनीहरुका लागि अझै पनि सेन्सर हुन सकेको छैन ।

भैरहवामा कार्यक्रमको सिलसिलामा पुगेको यो जोडीले आफ्नो रोमान्टिक तस्बिर सार्वजनिक गरेको छ । उनीहरुले सार्वजनिक गरेको तस्बिरमा यी दुइं अंगालिएका छन् । स्विमिङ पूलमा पौडी खेल्दै गर्दा यो जोडीले यस्तो तस्बिर खिचेको हो । तर, यस्तो तस्बिर सार्वजनिक गर्नु कती उत्तम हो भन्ने छुट्याउन सक्नुपर्छ । यो जोडी अहिले फिल्ममा गरेको काम भन्दा यस्तै खालका क्रियाकलापले चर्चित छ ।
तर, यसले उनीहरुलाई फाइदा भन्दा घाटा बढी भएको पाइन्छ । यस्तैकारणले प्रियंकाले आफ्नो स्टारडम छवि गुमाउँदै गएको चर्चा चल्न थालेको छ ।
For More videos Log on to Mazzako TV







