नेपालका चर्चित गायक राजेश पायल राईको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सर्जुन राईको संगीत रहेको ‘रङ्गियो रे सिउँदो’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

म्यूजिक भिडियोमा जीवनभर सँगै जिउने बाचा गरेको एक जोडिको कथामा केटीको अर्कैसँग विवाह हुँदाको पीडा देखाईएको छ । उक्त गीतमा राजेन्द्र राईको शब्द रहेको छ भने एरेन्ज मानसी किरणले गरेका हुन् । भिडियोको निर्देशन पनि सर्जुन कै रहेको छ । उक्त म्युजिक भिडियोलाई अनिल कुमार मानन्धरले खिचेका हुन्, भने ड्रोन पाइलटको भूमिकामा अविनाश मानन्धर छन् ।

अहिले चर्चामा रहेकी नायिका मिरुना मगर, रुपेश चाम्लिङ राई र पहिलोपटक म्युजिक भिडियोमा डेब्यु गरेका सञ्चारकर्मी बिश्व लिम्बुको मुख्य अभिनय रहेको छ । भिडियो निकै मज्जाको बनेको छ । भिडियोलाई राजधानीको विभिन्न भागमा छायांकन गरिएको छ ।
हेर्नुहोस् भिडियो :

For More videos Log on to Mazzako TV