नेपालमा नेपाली फिल्म नै चल्छः दीपकराज
अभिनेता तथा निर्माता दीपकराज गिरी मात्र यस्ता निर्माता हुन् जसले बनाएको सिनेमाले बलिउड सिनेमालाई उछिनेको छ । नेपालमा बलिउड फिल्मको सर्वाधिक ग्रस कलेक्शन रहेको समयमा उनैले बनाएको छक्का पन्जा ले यसको रेकर्ड तोडेको थियो । छक्का पन्जाको ब्रान्डले जुनसुकै हिन्दी सिनेमासँग पनि जुध्ने साहस देखाएको छ । यसैले पनि दिपकराज गिरी नेपालमा नेपाली फिल्म नै चल्ने बताउँछन् ।
दिपकराज गिरीका अनुसार, बलिउडको करोडौ बजेटको सिनेमासँग प्रतिस्पर्धा गरेर पनि नेपाली फिल्म नै माथि छ । नेपाली फिल्मको यो फड्कोलाई निरन्तरता दिन सबै फिल्मीकर्मी एक हुनुपर्ने उनको भनाई छ । दिपकराजले नेपालमा नेपाली फिल्म नै पहिलो स्थानमा रहेको सुनाए । प्राविधिक रुपमा बलिउडको सिनेमासँग आफूहरुले प्रतिस्पर्धा गर्न नसक्ने तर कथावस्तुमा मिहिनेत गरे सकिने उनले बताएका छन् ।