रेनशा निर्देशक रेनशा वान्तवा राइको निर्देशनमा तयार भएको फिल्म इन्टु मिन्टु लण्डनमाले हिटको व्यापार गर्यो । यो सिनेमाले हिटको व्यापार गरेपछि उनी नयाँ सिनेमा आई एम ट्वान्टी वान बनाउँदैछिन् ।

यो सिनेमाका लागि धिरज मगर नै फाइनल छन् । धिरज मगरका लागि रेनशाले देश तथा विदेशमा अभिनेत्री खोजिरहेको बताएकी छिन् । तर, रेनशाले अभिनेत्री खोजेको कुरा गरेपनि उनी अभिनेत्री जसिता गुरुङलाई धिरजको जोडी बनाउन लागिपरेको चर्चा छ ।

उनीहरुविच कुराकानी पनि भैसकेको छ । जसिता गुरुङले अहिलेसम्म फिल्मको बिषयमा केही पनि निर्णय लिएकी छैनन् । तर, धिरज र जसिताको केमेष्ट्री हेर्न भने दर्शक उत्साहित छिन् ।

For More videos Log on to Mazzako TV