अभिनेत्री केकी अधिकारीले आफू फ्लप हिरोइन भएको स्विकार गरेकी छिन् । केही दिन अघि भएको एक अवार्डमा कार्यक्रम संचालन गर्दै केकीले आफूलाई फ्लप हिरोइनको रुपमा स्विकार गरिन् ।

हुनपनि केकीले अभिनय गरेको पहिलो सिनेमा स्वरदेखि पछिल्लो सिनेमा कोहलपुर एक्सप्रेस नै चलेन । केकीले आफूलाई त फ्लप सिनेमाको बानी परेको पनि उल्लेख गरिन् । सिनेमाको मात्र होइन, कोहलपुर एक्सप्रेस हिट भयो भन्दै काटेको केकमा पनि केकीले आफूमाथि नै ब्यङ्ग्य गरेकी छिन् ।

केकीले चित्त वुझाउनका लागि केक काटेको बताइन् । केकी अधिकारी हिट सिनेमाको लागि लागिपरेकी छिन् । तर, उनले हिट सिनेमा दिन भने सकेकी छैनन् ।

For More videos Log on to Mazzako TV