ए मेरो हजुर ३ मा वास्तविक दृश्य कति ?
अभिनेत्री झरना थापाले निर्देशन गरिरहेको सिनेमा ए मेरो हजुर ३ मा रियल दृश्य कति समावेश भए होलान् ? झरनाले यसपटक सिनेमाका लागि बनावटी दृश्य भन्दा धेरै रियल दृश्य समावेश गरेकी छिन् । यसअर्थमा उनी लक्की पनि हुन् ।
झरनाले यो सिनेमामा अभिनेता अनमोल केसीलाई म्यूजिकमा रमाउने यूवाको भूमिकामा देखाउँदैछिन् । यसैले पनि झरनाका लागि ठूला कन्सर्ट, अवार्ड समारोह आवश्यक थियो । तर, यसका लागि उनले ठूलो झन्झट गर्नुपरेन । किनकी, यो बर्ष नै आयोजना भएको अनमोल इभमा कन्सर्ट खिचियो । अनमोलले यसकारण पनि स्टेजमा गीत गाएका थिए । ५ हजार भन्दा बढी दर्शकका विचमा कन्सर्ट भयो र त्यो फिल्ममा देखाइनेछ ।
सिनेमामा कामना फिल्म अवार्डको भव्यता पनि देखाइनेछ । अवार्ड समारोहका लागि अर्को सेट लगाउनुपर्ने हुन्थयो । तर, यो भने रियल स्टेजमै खिचियो । यसैले पनि झरनाको यो सिनेमा मेकिङको रुपमा बलियो देखिएको छ ।
For More videos Log on to Mazzako TV