निरुताको नेपाली फिल्ममा बढ्दो सकृयता : ‘हजार जुनी सम्म’मा अनुबन्ध
अभिनेत्री निरुता सिंह करीब एक दशक जती नेपाली फिल्म बाट टाढा रहिन् । पछिल्लो समय ‘नाइँँ नभन्नू ल ५’मा सानै रोल गरेर भएपनी उनले कमब्याक गरिन । अब फेरी अर्को फिल्म साइन गरेर नेपाली फिल्ममा निरुता सकृय हुन खोजेको देखिन्छ । उनि विकासराज आचार्यकै निर्देशन हुने फिल्म ‘हजार जुनी सम्म’ मा खेल्ने भएकी छन् ।
अभिनेत्री र निर्देशकको यो दोस्रो सहकार्य हुनेछ । निरुतालाई ‘नाइँ नभन्नू ल ५’ बाट विकासले नै कमब्याक गराएका थिए । हाल निरुता मह सञ्चारको फिल्म ‘दाल भात तरकारी’ गर्न मुम्बईबाट नेपाल आएकी छन् । अझै २ महिना उनी नेपालमा नै रहने बताइएको छ । फिल्ममा उनी हरिवंश आचार्यको श्रीमतीको भूमिकामा देखिँदैछिन् ।

यस फिल्ममा उनि बाहेक स्वस्तिमा खड्का, आर्यन सिग्देल, प्रियंका कार्कीलगायतका कलाकारहरु फाइनल भइसकेका छन् । ‘नाइँ नभन्नू ल ५’ मा कमब्याक भएपनी निकै कम रोलमा उनलाई दर्शक ले देख्न पाए । तर फिल्म‘हजार जुनी सम्म’ मा भने उनको लिड रोल रहने बताइएको छ ।
For More videos Log on to Mazzako TV







