मनिष सुन्दरको ‘जानी नजानी’ पोस्टरमा यस्तो, रिलिज चैत १ मा
नायक मनिष सुन्दर श्रेष्ठ अभिनित फिल्म ‘जानी नजानी’ को रिलिज मिति तय गर्दै फस्र्टलुक पोस्टर रिलिज भएको छ । बसन्त अधिकारीको डेब्यु निर्देशन रहेको फिल्मको प्रदर्शन मिति चैत १ गतेलाई फाइनल गरिएको हो ।
सार्वजनिक फर्स्टलुक पोस्टरमा मनिषसँगै निरिशा बस्नेत, सन्नी सिंह र नम्रता श्रेष्ठ प्रस्तुत छन् । पुराना कलाकार तथा निर्देशक विश्व बस्नेतको छोरी निरिशाले यही फिल्मबाट डेब्यु गरेकी छन् । फिल्ममा प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतको पनि अभिनय रहेको छ ।
आधुनिक प्रेमकथामा आधारित भनिएको फिल्मको कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् । फिल्ममा संजय लामाको छायांकन, कविराज गहतराज, प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी छ । अर्जुन जिसीले फिल्मको सम्पादन रहेको फिल्ममा संगीत अर्जुन पोखरेलले दिएका छन् । रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित फिल्मकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । फिल्ममा मोदनाथ खनाल र सागर काजी मालीको निर्माण रहेको छ ।
For More videos Log on to Mazzako TV