साउथ शैलीको ‘रणवीर’ टिजरलाई मज्जाको प्रतिक्रिया (भिडियो)
अभिनेता प्रशान्त ताम्राकार र सुशील सिटौला अभिनित फिल्म ‘रणवीर’ को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा दुई अभिनेता विचको एक्सनको टकरावलाई मज्जाले प्रस्तुत गरिएको छ । दुवैलाई एंग्री अवतारमा देख्न सकिन्छ ।
सुशीलले यो फिल्मको लागि आफ्नो शरीरलाई ७० केजीबाट बढाएर ८५ केजी बनाए । माघ १८ गतेबाट प्रर्दशनको तयारी गरेको फिल्ममा प्रशान्त नेगेटिभ रोलमा छन् । एक्सन जनराको फिल्मलाई गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले निर्माण गरेका हुन् । यसमा कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ ।
फिल्ममा सुशील र प्रशान्तसँगै शुभेच्छा खड्का, सुपुष्पा भट्ट, रवि गिरी, नरेश पौडेल लगायतका कलाकारको अभिनय रहेको छ । ‘रणवीर’ मा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द्व, गम्भिर बिष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ । करीब दुई करोडको लगानीमा फिल्म निर्माण भएको बताइएको छ ।
For More videos Log on to Mazzako TV