अभिनेत्री बर्षा राउत शनिबार आयोजित कामना फिल्म अवार्डमा पुगिनन् । उनी, अवार्डका लागि नपुग्नुको कारण के थियो त्यो उनले नै जानुन् । किनभने यो अवार्डमा उनले उत्कृष्ट सह अभिनेत्रीको अवार्ड पाएकी थिइन् ।

तर, बर्षा अनुपस्थित भएपछि अवार्ड लिन फिल्म छक्का पन्जा २ का अरु नै सदस्य स्टेज चढे । बर्षा अवार्डमा नपुगेपनि आफूले नै अभिनय गरेको पिरिम नलाउने बोलको गीतको केक काट्ने कार्यक्रममा भने पुगेकी थिइन् । उनले, यो गीतले एक करोड भ्यूज युटुबमा पाएकोमा केक काटेर खुशी मनाइन् । अभिनेत्री राउत यता व्यस्त हुँदा उनको खोजी अवार्डमा भएको थियो ।

धेरै अवार्डमा आयोजकले पहिले नै अवार्ड पाउने जानकारी दिएर बोलाउने गर्छ । तर, यसपटक कामनामा त्यस्तो गरिएको थिएन । जसलेगर्दा पनि बर्षा अवार्ड पाउने वा नपाउने कन्फ्यूजमा त्यता नपुगेको हुनसक्छ । कि उनलाई अवार्ड थाप्न भन्दा केक काट्न नै रमाइलो लागेको हुनुपर्छ ।

For More videos Log on to Mazzako TV