सुविन भट्टराईको चर्चित नोवेल ‘समर लभ’ माथि आधारित भएर निर्माण भएको फिल्म ‘समर लभ’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘साया…’ बोलको गीतमा पुष्पन प्रधान र बानिका प्रधानको स्वर छ । शब्द तथा संगीत पनि पुष्पनको नै छ । पुष्पन पछिल्लो समय नेपाल आइडल को प्रस्तुती पछी चर्चामा छन् ।

विदेशका विभिन्न मनोरम लोकेशनमा खिचिएको गीतको भिडियोमा लिड कलाकार आशिष पिया र रेवती क्षेत्री फिचर्ड छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतले अतित र सायाको प्रेम लाई दर्साउँछ । निर्देशक मुस्कान ढकाल निर्देशित फिल्म भ्यालेनटाइन डेको नजिक अर्थात माघ २५ बाट प्रदर्शनमा आउँदैछ ।

 

For More videos Log on to Mazzako TV