यात्राबाट उत्साहित सलिनमान
अभिनेता सलिनमा बनियाँले अभिनय गरेको दोश्रो फिल्म यात्रा रिलिजको क्रममा छ । यो सिनेमा चैत्र २९ गतेबाट रिलिज हुँदैछ । सिनेमाको छायांकन पनि लामो समयसम्म भयो । तर, पनि यसपटक अभिनेता सलिनमानलाई अल्छी लागेको छैन । पहिलो सिनेमा गर्दा गर्दै नै फिल्म नै रोकौ भनेका सलिनमानले दोश्रो सिनेमामा भने मन लगाएर काम गरेका छन् ।
यही भएर पनि उनी यो सिनेमा आफ्ना लागि विशेष भएको बताउँछन् । सलिनमानको यात्रासँग अभिनेता अनमोल केसीको ए मेरो हजुर ३ रिलिज हुँदैछ । तर, सलिनमा यो भिडन्तलाई सामान्य मान्छन् । उनले यो भिडन्तको बारेमा राम्रै होला मात्र भने ।
सलिनमा आफ्नो कपडाको कारण पनि सधै नै चर्चामा छन् । सलिनमान बनियाँलाई पहिलो फिल्मबाट नै नेपाली फिल्मको स्टारको रुपमा चर्चा गर्न थालिएको थियो ।
For More videos Log on to Mazzako TV