गुन्जनको गीतमा बियोगान्त प्रेम (भिडियो)
अमेरिकामा बस्दै आएकी गुन्जन उपाध्यायलाई गायनमा खुबै रुचि छ । सानै देखि सांगीतिक माहोलमा रमाउदै आएकी गुन्जनले बाल्यकालमा धेरै गीत, भजन गाइन र केहि गीत रेकर्ड पनि गरिन् । उनले भर्खरै ‘माया कस्तो लाएँ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरेकी छिन् । रेकर्डिङ देखि म्यूजिक भिडियो छायांकन र सम्पादन सबै अमेरीकामा नै गरिएको यो गीतलाइ गुन्जनका पिता तुंग नेपालले लेखेका हुन् भने संगीत पनि उनकै हो ।
नेपालमा रहँदा बिभिन्न बिद्यालयमा संगीत गुरु भएर काम गरिसकेका नेपालले अमेरिकामा पनि नेपाली गीत संगीत, सस्कृति जोगाउन र अहिलेको पुस्तालाई नेपाली गीत संगीत , वाद्यवादनको संयोजन र प्रशिक्षण गराइरहेका छन् । नेपाल आफैमा गीतकार संगीतकार तथा गायक पनि हुन् । सार्वजनिक यो गीतको एरेन्ज भद्रेश्वर बर्मनले गरेका छन्
सार्वजनिक यस भिडियोमा रिता याम्फू र जिन जेङ्ग को अभिनय रहेको छ । भिडियोलाइ मन्जिल श्रेष्ठले छायांकन सम्पादन र निर्देशन गरेका हुन् । भिडियोको कन्सेप्ट तथा कथा अन्तरा उपाध्यायको रहेको छ ।
For More videos Log on to Mazzako TV