यो बर्ष अनमोलको हातमा पाँचौ अवार्ड
अभिनेता अनमोल केसीले यो बर्ष अवार्ड नै अवार्ड जितेका छन् । नेपालमा आयोजना भएका ४ मध्ये ३ अवार्ड अनमोलको पोल्टामा गएको छ ।
शनिबार आयोजित कामना फिल्म अवार्डमा समेत उनी उत्कृष्ट अभिनेताको अवार्ड जित्न सफल भए । उनले प्रदिप खड्का, सौगात मल्ल, दयाहाङ राई, पुष्पल खड्का जस्ता अभिनेतालाई उछिन्दै यो अवार्ड जिते ।
अनमोलले यसअघि राजधानीमा आयोजना भएको एनएफडीसी अवार्डमा पनि कृ सिनेमाबाट उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए । यस्तै, अनमोलले डी सिने अवार्डमा पनि कृ सिनेमाबाट अवार्ड जितेका थिए ।
उनले, अमेरिकामा आयोजना भएको नेम्पा पपुलर फिल्म अवार्डमा पनि अवार्ड जितेका थिए । यस्तै, उनले जापानमा आयोजना भएको सुर्य इन्टरनेशनल फिल्म अवार्डमा पनि विशेष अवार्ड प्राप्त गरेका थिए । अभिनेता केसी आफ्नो कडा मिहिनेतका कारण अवार्ड पाएको बताउँछन् । उनी अहिले ए मेरो हजुर ३ सिनेमाको छायांकनमा व्यस्त छन् ।
For More videos Log on to Mazzako TV