भूवन र झरनाको त्यो डान्स
अभिनेता भूवन केसी अहिले फिल्म निर्देशन र निर्माणमा छन् । उनले फिल्ममा अभिनय गर्न छाडेका छन् । छोरा अनमोल केसीको फिल्म लाइनमा प्रवेश भएपछि भूवन केसी पर्दामा देखिन छाडेका हुन् । यस्तै, अभिनेत्री झरना थापा पनि सिनेमा निर्देशनतर्फ लागेकी छिन् । उनले पनि सिनेमामा अभिनय गरेकी छैनन् ।

तर, झरना र भूवन केसीले स्टेजमा भने फेरि जादु देखाएका छन् । राजधानीमा आयोजित कामना फिल्म अवार्डमा भूवन र झरनाले फिल्म म तिमी विना मरिहाल्छु नीको शिर्ष गीतमा नृत्य गरे । झरना र भूवनको यो डान्स कार्यक्रमकै हाइलाइटमा रहन पुग्यो । रोचक कुरा के छ भने, झरना थापा र भूवन केसीका छोरी र छोरा अहिले एउटै फिल्ममा काम गरिरहेका छन् ।
भूवनका छोरा अनमोल र झरनाकी छोरी सुहाना सिनेमा ए मेरो हजुर ३ मा जोडी बनेर काम गरिरहेका छन् । यसैले पनि भूवन र झरनाको डान्स दर्शकका लागि अझ विशेष बनेको थियो ।
For More videos Log on to Mazzako TV








