करिश्माले श्रृङ्खला र निर्मलाको बारेमा यसो भनिन्
अभिनेत्री करिश्मा मानन्धरले सामाजिक संजालतिर मिस वल्र्डमा सहभागी श्रृङ्खला खतिवडा र कञ्चनपुरकी १३ बर्षिया बालिका निर्मला पन्तको मुद्दालाई एकैसाथ हेर्ने गरिएकोमा आपत्ती जनाएकी छिन् । श्रृङ्खला अहिले मिस वल्र्डमा प्रतिस्पर्धा गरिरहेकी छिन् । करिश्माले श्रृङ्खलाले देशका लागि लडिरहेको बताइन् ।

उनका अनुसार, श्रृङ्खलाले आफ्नो लागि र देशका लागि विश्व सुन्दरी बन्नका लागि लडाई लडिरहेकाले उनलाई सबैले साथ दिनुपर्ने बताइन् । यता, कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएको निर्मला पन्तको मुद्दा न्यायका लागि भएको करिश्माले बताइन् । यसैले निर्मला र श्रृङ्खलालाई जोडेर नहेर्न करिश्माले सबैलाई आग्रह गरेकी छिन् । निर्मलाको मुद्दा सरकारसँग न्यायका लागि लडाई भैरहेको उनले बताइन् ।
For More videos Log on to Mazzako TV








