‘मङसिर १५’ मा अनुपले र वर्षासंग जोडी बाँधे (भिडियो)
चैत्र १ लाई प्रदर्शन मिति तय गर्दै ‘पुरानो बुलेट’ फिल्मको पहिलो गीत सार्वजनिक भएको छ । भिषण राई निर्देशित ‘पुरानो बुलेट’ को लोकलयमा आधारित ‘मङसिर १५’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा उत्तम जंग लिम्बु र मेलिना राईको स्वर रहेको छ । राम भट्टराइको शब्द रहेको गीतमा उत्तम जंगले संगीत भरेका हुन् ।
गीतमा अनुपबिक्रम शाही र वर्षा शिवाकोटीले नृत्य प्रस्तुत गरेका छन् । कोरियोग्राफी प्रशान्त तामाङको रहेको छ । फिल्ममा अनुप र वर्षासँगै माला लिम्बु, कृष्णभक्त खनाल, कविता आले, शिव मुखिया, भरत लिम्बु, शिरोमणी दवाडी, बादल श्रेष्ठ, करण धिताल लगायत कलाकारहरुको अभिनय रहेको छ ।
सन्तोष राई कार्यकारी निर्माता रहेको फिल्मको कथा तथा पटकथा निर्देशक भिषणसँगै सन्तोष राईकै हो । हरी घलेको छायांकन, अर्जुन जिसीको सम्पादन, मुकेश शाहको संमायोजन रहेको फिल्मलाई अशोक कुमार राई, टिकाराम राई, बिरेन साम्बा, दिपेन लिम्बुले संयुक्त लगानीमा निर्माण गरेका हुन् ।
For More videos Log on to Mazzako TV