निर्देशक निश्चल बस्नेतले सिनेमा निर्देशन गर्न छाडेका छन् । उनले नयाँ सिनेमा तत्काल निर्देशन नगर्ने बताइसकेका छन् । निश्चल अहिले सिनेमा खेल्नमा नै व्यस्त छन् । उनलाई धमाधम सिनेमाको अफर पनि आइसकेको छ । यही भएर पनि निश्चल अहिले महंगो पारिश्रमिक माग्न थालेका छन् ।

निश्चललाई राख्दा विदेशी बजारमा पनि सिनेमा बिक्ने भएकाले उनको माग सिनेमामा बढेको हो । उनै निश्चलले निर्देशक हेमराज वीसीको निर्देशनमा बन्न लागेको नयाँ सिनेमाका लागि २० लाख पारिश्रमिक लिएको चर्चा छ ।

हेमराजले यो कुरालाई अहिले तत्काल स्विकार गरेका छैनन् । उनले आफू अहिले सिनेमा दि ब्रेकअपको बिषयमा केन्द्रित रहेको पनि बताए । तर, निश्चलले २० लाख लिएर हेमराजको नयाँ सिनेमा साइन गरेको चर्चा भने भैसकेको छ ।

For More videos Log on to Mazzako TV