अभिनेता आशिरमान देशराज जोशीले २ वटा सिनेमामा हिरोइनसँग चुम्बन गरेपछि उनलाई बलिउडका चुम्बन किलर इमरान हास्मी बन्न खोजेको आरोप आउन थालेको छ । फिल्म दि ब्रेकअपको नयाँ रिलिज गीत हरपलमा समेत उनले चुम्बन गरेका छन् ।

अभिनेत्री शिल्पा मास्केसँग उनले गरेको चुम्बनको चर्चा सुरु भएको छ । तर, आशिरमानले भने आफू कुनै पनि कलाकार बन्न नखोजेको बताएका छन् । उनले आफूले कथाले मागेकाले चुम्बनको दृश्य दिएको बताए ।

तर, चुम्बनकै दृश्य दिएर अघि बढ्न भने आफू नखोजेको उनको भनाई छ । आना शर्मा र शिल्पा मास्केसँग लिपलकको दृश्य दिएपछि उनलाई बलिउड अभिनेतासँग दाँजिएको हो ।

For More videos Log on to Mazzako TV