नेपाली चलचित्र ‘द ब्रेकअप’को हरपल’बोलको गीत सार्बजनिक गरिएको छ । गीतको भिडियोमा नायक आशिरमान देशराज जोशी र नायिका शिल्पा मास्के रोमान्टिक मुडमा देखिएका छन् । प्रकाश मल्लको शब्द रहेको गीतमा विशेष पाण्डेको संगीत रहेको छ । गीत मा आवज भने बिराज गौतमको रहेको छ । गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । हेमराज विसी निर्देशित फिल्ममा आशिरमान र शिल्पासँगै रेमनदास श्रेष्ठ, ईच्छा कार्की, सरोज खनाल लगायतका कलाकारहरुको अभिनय रहेको छ । लभ स्टोरी जनराको फिल्मको कथा निर्देशक विसीकै हो ।

नरेन्द्र मैनालीले छायांकन रहेको फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गरिरहेका छन् । फिल्मलाई रुपक थापा, दीपक खतिवडा, रेनु राना र निर्देशक बिसीले संयुक्त रुपमा निर्माण गरेका छन् । ब्रेकअप पुष २७ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

For More videos Log on to Mazzako TV