प्रियंका चोपडाको ‘पाहुना’ को गीत (भिडियो)
बलिउड अभिनेत्री प्रियंका चोपडा निर्मित नेपाली भाषी फिल्म ‘पाहुनाः द लिटिल भिजिटर्स’ को गीत सार्वजनिक भएको छ । ‘सानो नौलो संसार’ बोलको गीत निकै राम्रो बनेको छ । पियुष नेपाल र अभिब्यन्जना रुवी थतालको स्वर रहेको छ । सार्वजनिक पियुष नेपाल र प्रयास नेपालको शब्द रहेको गीतमा सागर देसाइले संगीतको छन् । बाल मनोविज्ञानमा केन्द्रित रहेर तयार पारिएको गीतमा इशिका गुरुङ र अनमोल लिम्बु प्रस्तुत छन् । नेपाली गीतमा अंग्रेजी सबटाइटल समेत राखिएको छ ।

‘पाहुनाः द लिटिल भिजिटर्स’ लाई पाखी ए टारेवालाले निर्देशन गरेको हुन् । फिल्मका प्रियंका र उनकी आमा मधु चोपडा निर्माता हुन् ।
फिल्ममा इशिका गुरुङ, अनमोल लिम्बु, मञ्जु केसी, शरण राई, विनोद प्रधान, उत्तम प्रधान, विनिता लगुन लगायतका नेपाली कलाकारहरुको अभिनय छ । फिल्म ७ डिसेम्बर अर्थात मङसिर २१ गते रिलिज हुँदैछ ।
For More videos Log on to Mazzako TV








