सारालाई चाहियो प्रदिप र अनमोल
अभिनेत्री सारा सिर्पालीलाई नेपाली फिल्मका २ स्टारसँग काम गर्ने रहर बढेको छ । अभिनेता निखिल उप्रेतीसँग २ वटा सिनेमामा काम गरेकी सारालाई सोचेजस्तो सफलता पाइनन् । यसैले पनि उनी अब दर्शकले रुचाएका अभिनेताको जोडी बन्ने धुनमा छिन् ।
सारा सिर्पालीलाई अभिनेता अनमोल केसी र प्रदिप खड्कासँग जोडी बन्ने रहर पलाएको छ । साराले अभिनेता केसी र खड्काको काम गर्ने तरिकाको प्रशंसा समेत गरेकी छिन् । नेपाली फिल्ममा सारालाई आशा गरिएकी अभिनेत्रीको रुपमा हेरिएको छ । तर, सारा सिर्पालीलाई सफलता भने मिलेको छैन । यही भएर पनि उनलाई नेपाली फिल्ममा दुई स्टार अभिनेतासँग काम गर्न आवश्यक छ ।
अभिनेता सलोन बस्नेतसँग काम गरेकी साराले अनमोल र प्रदिपसँग काम गर्ने चाहनालाई मुर्त रुप दिइन् भने उनका लागि करिअरकै नयाँ पोइन्ट हुनेछ । तर, के यसमा अनमोल र प्रदिप तयार होलान् त ?
For More videos Log on to Mazzako TV