नेपाली सिनेमाका मेकरलाई अझै पनि जोखिम मोल्ने सोच छैन । जोखिम मोल्दा लगानी नै के हुने हो भनेर उनीहरु चलिरहेको ढर्रामा नै फिल्म बनाइरहेका छन् । ६ एकान ६ चलेपछि सुरु भएको कमेडी अहिले हरेक सिनेमाको मुख्य कथा बनेको छ । हसाउन सकियोस् या नसकियोस्, सिनेमामा कमेडी नै चाहिएको छ ।

तर, अभिनेत्री नम्रता श्रेष्ठलाई भने कथामा लगानी हुन थालेको लाग्छ । पहिले पहिले जोखिम मोल्न नसकेर निर्माताले चलिरहेको धारमा नै सिनेमा बनाउने गरेको उनको वुझाई छ । तर, अहिले निर्माताहरुले सिनेमाका लागि सोच्न थालेको उनको भनाई छ ।

अहिले दर्शकले फरक स्वादका कथामा सिनेमा हेर्न चाहेकाले पनि कथामा लगानी गर्न निर्माताहरु अघि सरेको नम्रता बताउँछिन् । नम्रता मंसिर २१ गतेबाट रिलिज हुन लागेको सिनेमा प्रसाद पनि राम्रो कथामा बनेको फिल्म बताउँछिन् ।

For More videos Log on to Mazzako TV