दिपकराज गिरी र दीपाश्री निरौलाले बनाएको सिनेमा छक्का पन्जा ३ ले पनि ५१ दिनको किर्तिमान राखेको छ । देशका १३ वटा हलमा यो सिनेमाले ५१ दिन मनाएको छ । आज सिनेमाले ५१ दिन मनाएको अवसरमा यसका कलाकार विभिन्न हलमा पुगेका छन् ।


नेपाली फिल्ममा ५१ दिनको किर्तिमानलाई दुर्लभ नै मानिन्छ । छक्का पन्जा र छक्का पन्जा २ ले पनि यो रेकर्ड राखेका थिए । सिनेमाले १३ वटा हलमा ५१ दिन मनाएको अवसरमा आइतबार विशेष कार्यक्रमको आयोजना गरिदैछ । यो सिनेमालाई दिपाश्री निरौलाले निर्देशन गरेकी हुन् ।

सिनेमामा दिपकराज गिरी, दीपिका प्रसाई, केदार घिमिरे, जितु नेपाल, निर शाह, लक्ष्मी गिरी, वुद्धी तामाङको मुख्य भूमिका छ । सिनेमाले १७ करोड ग्रस कलेक्शन गरेको जानकारी यसका निर्माताले दिएका छन् ।

For More videos Log on to Mazzako TV