शुलेमान शंकर ‘इकु’ ले स्नेह आश्रम निर्माण गर्ने बताएका छन् । शुलेमान शंकर ‘इकु’ ले आफ्नो जन्मोत्सवको अवसरमा एक कार्यक्रम गर्दै स्नेह आश्रम निर्माण गर्ने बताएका हुन् । उनकै संरक्षणमा रहेका १४ बालबालिकासँग जन्मदिनको केक काट्दै उनले भवन निर्माण गर्ने घोषणा गरे ।

इकुले कार्यकर्ममा बोल्दै भने,‘मैले गरेको आम्दानी कै भरमा आश्रमलाई चलाउदै आएको छु । भवन निर्माणार्थ नै विभिन्न देशमा कार्यक्रम लिएर जादैछु ।’ उनले बालबालिकासँग आफु रहदा निकै खुसि मिल्ने गरेको बताए । ‘मेरो संसार यिनीहरु नै हुन् । अब यिनीहरु कै गास, बास, कपास र शिक्षाको लागि मेहनत गर्छु ।’

कार्यक्रममा सामाजिक अभियन्ता तथा हाँस्यकलाकार सुमन मगर, गायिका विनिता राई, सञ्चारकर्मी राजकुमार राई, जेरुङ फिल्मसका प्रवन्ध निर्देशक नैना जेरुङ, गायक भिम राई, कलाकार रोमना जेरुङ लगायतले शुलेमानलाई सफलताको शुभकामना दिए ।

For More videos Log on to Mazzako TV