अभिनेत्री सारा सिर्पालीसँगको प्रेमको चर्चामा अभिनेता अनमोल केसीले मुख खोलेका छन् । मनाङमा फिल्म ए मेरो हजुर ३ को छायांकनमा रहेका अनमोलले सारासँगको प्रेमलाई हल्ला मात्र भनेका छन् । कुनै पनि प्रमाणविना खबर आउँदा त्यसमा विश्वसनियता नहुने अनमोलको भनाई छ ।

अनमोलले सारालाई सामाजिक संजालको साथी मात्र भनेका छन् । उनले, सारालाई अहिलेसम्म नभेटेको पनि बताएका छन् । साराले आफ्नी आमा सुस्मिता केसीसँग फिल्म खेलेपछि आफूले चिनेको पनि अनमोलको भनाई छ । तर, अनमोलले सारासँगको सम्बन्ध त्यती गहिरो नभएको बताए ।

अन्य अभिनेत्रीसँग आफ्नो सम्बन्ध जस्तो छ, सारासँग पनि त्यस्तै सम्बन्ध रहेको उनले बताए । अनमोलले यस्तो हल्लाको पछि नलाग्न आफ्ना फ्यानहरुलाई आग्रह पनि गरेका छन् । अनमोलले आफू सिंगल रहेको बताए ।

For More videos Log on to Mazzako TV