अभिनेता निखिल उप्रेतीले नयाँ सिनेमा निर्देशन गर्ने तयारी थालेका छन् । उनले बनाउन लागेको नयाँ सिनेमाको नाम भैरव २ रहनेछ । निखिल आफैले भैरव बनाएर फिल्म क्षेत्रमा कमब्याक गरेका थिए । तर, यो सिनेमाले समिक्षकको साथ राम्रो पाएन ।

निखिलले यो सिनेमाको कथा अहिले लेखिरहेका छन् । आफैले कथा लेख्ने र निर्देशन गर्ने उनको योजना छ । तर, यो सिनेमामा आफू नखेल्ने निखिलको भनाई छ । निखिलले बनाउने भैरव २ का लागि नयाँ कलाकारलाई मौका दिने बताइएको छ । फिल्म भैरवमा निखिल र अभिनेत्री अनु शाहको मुख्य भूमिका थियो ।

भैरव २ लाई उत्कृष्ट कथामा बनाउने निखिलको तयारी छ । निखिल आफूले खेलेका अधिकांश सिनेमा असफल भएपछि अहिले मौन छन् । उनले नै निर्देशन गर्न लागेको कमिटेमेन्ट सिक्टी आवर्स अहिले रोकिएको छ ।

For More videos Log on to Mazzako TV