विपिनको भागमा १० लाखको फिल्म
अभिनेता विपिन कार्की आफ्नो भर्सटायल अभिनयले गर्दा चर्चित छन् । उनले पर्दामा आफ्नो भूमिकालाई निकै गहन तरिकाले निर्वाहा गर्ने गर्दछन् । यही भएर पनि विपिनलाई अभिनयको राजा नै मान्न सकिन्छ । तर, विपिन कार्कीले अभिनय गरेका सिनेमाले व्यापार भने राम्रो गरेका छैनन् ।

विपिन सिनेमाले व्यापार नगर्नु आफ्नो कमजोरी नभएको बताउँछन् । उनले आफूले १० लाख व्यापार गर्ने सिनेमा नै गरिरहेको बताउँछन् । तर, यसमा फिल्मको व्यापार भन्दा पनि आफ्नो कामको मुल्यांकन बढी होस् भन्ने उनको चाहना छ । विपिनको नजरमा हरी सिनेमा उनको करिअरकै लागि माइलस्टोन हो । किनकी, यो सिनेमामा उनले ४ वटा भूमिका निर्वाहा गरेका छन् । विपिन यो सिनेमाले व्यापार नगरेपनि आफ्ना लागि विशेष भएको बताउँछन् ।
हरि जस्तो सिनेमाको अफर आएको खण्डमा आफूले काम गरिरहेको सिनेमा नै छाडेर गर्ने तर्क पनि विपिनको छ । उनी अभिनित सिनेमा प्रसाद मंसिर २१ गतेबाट रिलिज हुँदैछ । विपिन यो सिनेमालाई पनि आफ्नो लागि उत्कृष्ट सिनेमा बताउँछन् ।
For More videos Log on to Mazzako TV








