अनमोल सारा सम्बन्धको चर्चा
अभिनेता अनमोल केसी र अभिनेत्री सारा सिर्पालीको प्रेम चर्चा सुरु भएको छ । रुद्र डेब्यू हिरोइन र नेपाली फिल्मका सुपरस्टारको प्रेमको खबरले विस्तारै नेपाली मिडियामा भाइरल हुँदैछ । अनमोल र सारा राम्रो साथी भएको एकथरीको वुझाई छ । तर, सारा सिर्पाली अनमोलसँग साथीको मात्र सम्बन्ध रहेको बताइरहेकी छिन् ।

अर्कोतिर, नेपाली फिल्मका सुपरस्टार अभिनेताको नाम सारासँग जोडिदा यसले सारालाई नै फाइदा हुने विश्लेषण समेत हुने गरेको छ । साराले जन्मदिन मनाउने क्रममा अभिनेता केसी नगरकोट सम्म पुगेको खबर समेत बाहिरिएको छ ।
सारा र अनमोल इन्स्टाग्राममा पनि साथी रहेका छन् । यी र यस्तै कुराले यी दुइविच प्रेम रहेको हल्ला सुरु भएतापनि अझै यी दुइले मुख भने खोलेका छैनन् ।
For More videos Log on to Mazzako TV







